• Monday 5th of October 2026

दुई महिना अघि हराएकी एक महिलाको शव शुक्रबार फेला


  • धनकुटा खबर
  • .

भक्तपुर— दुई महिना अघि हराएकी एक महिलाको शव शनिबार फेला छ ।

मध्यपुरथिमि नगरपालिका–४तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएका महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबरका थिए ।

६१ वर्षीय परमेश्वरी दाहालको शव मध्यपुर थिमीको जङ्गलमा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकले बताए ।

पाठकका अनुसार कङ्कालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो । ‘उक्त शव सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बङ्गलामुखी बस्ने ६१ वर्षीय परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ’, उनले भने ।

मृतककी छोरी जानुकाले गत साउन १० गते आमा हराएको भन्दै प्रहरीवृत्त थिमीमा जाहेरी दिएकी थिइन् । शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा पठाइएको डीएसपी पाठकले जानकारी दिए । घटनाका बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖