• Monday 5th of October 2026

गैह्रीगाउँ हत्याकाण्ड : ११ बजे अगाडि नै घटना भएको आशंका, सीसीटीभीमा कैद भएका पैदल यात्रीमाथि अनुसन्धान केन्द्रित


  • धनकुटा खबर
  • .

काठमाडौं। काठमाडौंको गैह्रीगाउँमा मध्यरातमा भएको ४ जनाको हत्यामा संलग्न रहेका व्यक्तिबारे प्रहरीले ‘क्लु’ फेला परेको दाबी गरेको छ ।

घटनास्थल आसपासमा रहेका सीसीटीभी फुटेजका आधारमा प्रहरीले संलग्नको खोजी गरिरहेको छ ।

घटनाको प्राविधिक अनुसन्धानबाट राती ११ बजे अगावै घटना भएको र घटनापछि पैदलै भक्तपुरतिर लागेको देखिएको छ ।

‘घटनास्थल वरपरका सीसीटीभी फुटेजबाट केही तस्बिरहरू प्राप्त भएका छन्। त्यसबारे अनुसन्धान भइरहेको छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

यसअघि घटनास्थलमा लगिएको तालिमप्राप्त कुकुर पनि जडीबुटीसम्म पुगेर अलमलिएको थियो।

घटनाको कारणबारे प्रहरीले अहिलेसम्म केही फेला पार्न सकेको छैन। शुक्रवार राती भएको घटनामा एकै परिवारका ३ सहित ४ जनाको हत्या भएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖