• Monday 5th of October 2026

बेटिसको पोष्टमा बार्सिलोनाको ५ गोल


  • धनकुटा खबर
  • .

एजेन्सी । स्थानिस ला लिगामा साविक विजेता बार्सिलोनाले रियल बेटिसलाई ५-० ले पराजित गरेको छ ।

घरुल मैदान स्टाडियो ओलम्पिको लुइस कापान्यामा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल गरेको थियो ।

खेलको २५औं मिनेटमा जाआओ फेलिक्सले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए भने ३२औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसपछि फेरान टोरेसले ६२औं, राफिन्हाले ६६ औं र जाआओ कान्सेलोले ८१औं मिनेटमा गोल गरे ।

जितपछि ५ खेलबाट १३ अंक जोडेको बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लिएको छ ।

रियलको ४ खेलबाट १२ अंक छ र बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ । ला लिगाकै अन्य खेलमा भ्यालेन्सियाले एट्लेटिको मड्रिडलाई ३-० ले पराजित गरेको छ । एप्लेटिक बिल्बाओले पनि क्याडिजलाई ३-० ले नै हरायो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖