काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ।
केन्द्रीय निर्वाचन समितिले आइतबार साँझ निर्वाचन कार्यक्रम सार्वजनिक गरेकाे हाे। निर्वाचन कार्यक्रमअनुसार असोज १९ गते साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ।
असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदानका लागि काठमाडौंका तीन स्थान तोकिएका छन्।

