गुगलका सहसंस्थापक सर्गेई ब्रिनले आफ्नी श्रीमती निकोल शानाहानसँग सम्बन्धविच्छेद गरेका छन्। निकोल पेसाले एक महिला व्यवसायी र वकिल हुन्। मिडिया रिपोर्टका अनुसार उनको टेस्लाका संस्थापक एलन मस्कसँग अफेयर छ। तर मस्कले निकोलसँग आफ्नो प्रेम रहेको कुरा अस्वीकार गरेका छन्।
अदालती कागजातका अनुसार, सर्गेई र निकोलको सम्बन्ध विच्छेद प्रक्रिया मे मई २६ मा पूरा भएको थियो। उनीहरूका ४ वर्षीया छोरीलाई संयुक्त रूपमा हेर्ने सहमति भएको छ।
दुई जनाबीच २०१५ मा डेटिङ सुरु भएको थियो भने २०१८ मा विवाह गरेका थिए। सर्गेईले पहिलो पत्नी एनी वोजिकीसँग सम्बन्ध विच्छेद गरेपछि मात्र निकोलसँग बिहे गरेका थिए। तर, २०२१ देखि सर्गेई र निकोल अलग बसेका थिए।
