• Monday 5th of October 2026

श्रीलंकाको ६ विकेट लिएपछि आफ्नो बलिङबारे मोहम्मद सिराजले के भने ?


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कपको फाइनल खेलमा श्रीलंकाका ब्याट्सम्यान भारतीय बलरको अगाडि टिक्न सकेनन् ।

भारतका लागि मोहम्मद सिराजले ६ विकेट लिए । सिराजले १६ बलमा श्रीलंकाका पाँच ब्याट्सम्यानलाई प्याभिलियन पठाएका थिए ।

सिराजले पनि एक ओभरमा चार विकेट लिए । भारतीय बलरको यो ‘तूफान’को अगाडि श्रीलंकाको टोली १५.२ ओभरमा मात्र ५० रन बनाएर अलआउट भयो ।

श्रीलंकाको इनिङ्स सकिएपछि मोहम्मद सिराजले भने, ‘यो सपना जस्तै हो । पछिल्लो पटक श्रीलंकाविरुद्ध चार विकेट लिएको थिएँ तर पाँचौं विकेट लिन सकिनँ। तब मैले महसुस गरें कि तपाईको भाग्यमा जे छ, तपाईले पाउनु हुन्छ।

सिराजले भने, ‘आज मेरो भाग्यमा थियो, त्यसैले पाएको छु । यसअघिका खेलहरूमा मैले आज जति स्विङ पाएको थिइनँ। म ब्याट्सम्यानलाई खेल्न दिन चाहन्थेँ । मैले आउटस्विङरसँग विकेट लिनु निकै सन्तोषजनक छ किनभने सामान्यतया यस्तो अवस्थामा म विकेट लिन सक्दिनँ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖