• Monday 5th of October 2026

दैलेखमा सर्पले टोकेर किशोरीको मृत्यु


  • धनकुटा खबर
  • .

दैलेख : सर्पले टोकेर पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा एक किशोरीको मृत्यु‌ भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–१ नुवावनकि १८ वर्षीय कल्पना शाही रहेकी छन्।

आइबार बेलुका घरमा सुतिरहेको बेला उनलाई सर्पले टोकेको थियो । उनका दाइ निराजनका अनुसार बेलुका ६ बजेतिर सर्पले हातमा टोकेको थियो ।

घरमा आमा र उनी मात्र थिइन् । दाइ निराजन काठमाडौं छन् भने बुबा भारतमा छन्। झारफुक गर्दा पनि सन्चो नभएपछि अस्पताल लिँदै गर्दा उनको मृत्यु भएको उनले बताए। भावना कक्षा ९ मा पढ्थिन्। अहिले उनको शव पोष्टमार्टमका लागि दुल्लु अस्पतालमा लगिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖