• Monday 5th of October 2026

अर्काको मोबाइल बैंकिङमा पहुँच पुर्‍याएर ठगेको आरोपमा एक जना पक्राउ


  • धनकुटा खबर
  • .

अर्काको मोबाइल बैंकिङमा पहुँच पुर्‍याएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जना युवकलाई ठगी आरोपमा पक्राउ गरेको प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
काभ्रे पाँचखाल नगरपालिका-६ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली पक्राउ परेका हुन्।

उनले एक जना व्यक्तिको मोबाइल बैंकिङमा पहुँच पुर्‍याएर ६ लाख २ हजार ५४८ रुपैयाँ ठगी गरेको आरोप छ।

एसपी रेग्मीका अनुसार पीडितले प्रयोग गर्दै आएको मोबाइल नम्बर उनले आफ्नो नाममा नामसारी गरेका थिए।

उनले नामसारी गरी मोबाइल बैंकिङ एक्टिभ गराएर पीडितको खातामा पहुँच पुर्‍याएको एसपी रेग्मीले बताए।

त्यसरी ठगी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖