• Monday 5th of October 2026

मेला हेरेर फर्किंदा चट्यांग लागेर किशोरको गयो ज्यान


  • धनकुटा खबर
  • .

काठमाण्डाै – चट्याङ लागेर दैलेखमा एक जनाकाे ज्यान गएकाे छ । चट्याङ लागेर महाबु गाउँपालिका–३ बासीका १६ वर्षीय किशाेर दाहालकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी दिपकसिंह बिष्टले जानकारी दिनुभयाे ।

चट्याङ लागेर नाै जना घाइते भएका र उनीहरूकाे दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेकाे प्रहरी निरीक्षक बिष्टले बताउनुभयाे ।

आज साेमवार तीजकाे मेला हेरेर फर्किने क्रममा महाबुस्थानकाे एक्ले सल्लाेमा चट्याङ लाग्दा १० जना घाइते भएकामा १६ वर्षीय दाहालकाे उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा ज्यान गएकाे हाे ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖