• Monday 5th of October 2026

भारतमा नेपाली महिलाको लास सुटकेसमा फेला, २ देह व्यापारी पक्राउ


  • धनकुटा खबर
  • .

जयपुर । भारतको जयपुरमा एक सुटकेसमा एक नेपाली महिलाको फेला गरेको छ। बिहीबार ३ सय फिट गहिरो खोँचमा ३० वर्षीय ती महिलाको शव फेला परेको थियो। लक्ष्मी नाम गरेकी उनलाई ४ महिला अघि दिल्लीबाट त्यहाँ लगिएको बताइएको छ।

चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिए। प्रहरीले हत्याको आरोपमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीय स्वपन मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन्।

दुवै जना पश्चिम बङ्गालका हुन्। स्वपन वेश्यावृत्तिको सञ्जालमा संलग्न रहेको बताइएको छ। उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाई छ।

स्वपनले नै महिलालाई ४ महिनाअघि दिल्लीबाट ल्याएर पहिले होटेलमा राखेको र पछि एउटा फ्ल्याटमा राखेको अनुसन्धानबाट खुलेको छ। प्रहरी स्रोतका अनुसार केही दिनअघि मृतक र स्वपनबीच विवाद भएको थियो। विवादकै क्रममा महिलाको हत्या गरेर उनको शव नहर्ग्राहमा फालिएको प्रहरी बताउँछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖