• Monday 5th of October 2026

होटलबाट साहुनी र दुई जोडी समातिए


  • धनकुटा खबर
  • .

धनगढी । धनगढीको २ होटेलमा प्रहरीले छापा हानेको छ। धनगढीको चौराहस्थित जोगबुढा होटल र चटकपुरको जोगबुढा होटलमा प्रहरीले छापा हानेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोली र वडा प्रहरी कार्यालय धनगढीको टोलीले छापा हानेको हो।

छापा हान्दा २ होटलबाटै यौनजन्य क्रियाकलाप गर्नेरगराउने साहुनीहरुसहित एकरएक जोडीलाई समातिएको वडा प्रहरीका प्रमुख इन्सपेक्टर जनक ढुङ्गानाले बताए।

उनका अनुसार चौराहको होटलकी साहुनी इन्द्रा खड्का र चटकपुरकी साहुनी चन्द्रा देउवासहित एकरएक जोडीलाई समातिएको हो।

अहिले उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖