• Monday 5th of October 2026

वडाध्यक्ष थापामगर : जसले आफ्नो सेवासुविधा विद्यालयलाई गरे सहयोग


  • धनकुटा खबर
  • .

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का वडाध्यक्ष नरेन्द्रबहादुर थापामगरले आफूले पाउने सेवासुविधा विद्यालयलाई सहयोग गर्ने भएका छन्।

उनले आफ्नो वडामा रहेका ४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सीपको विकासका लागि आफूले पाउने ४० हजार सहयोग गरेका हुन्। उनले शिक्षा दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्न प्रति विद्यालय १० हजारका दरले ४० हजार दिएको वडा कार्यालयले जनाएको छ।

साथै खेल शिक्षकहरूलाई खेलाडी पोशाक खरिद गर्न वडाध्यक्ष थापामगरले ९ हजार सहयोग गरेका छन्। थापामगर नेपाली कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष हुन्। राजनीति समाजसेवा भएकाले आफूले पाएको सेवासुविधा शिक्षा क्षेत्रमा खर्च गरेको उनले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖