• Sunday 4th of October 2026

अमेरिकी लडाकु विमान बेपत्ता, आम जनतासँग सहयोग मागियो


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकी सेनाले आइतवारदेखि बेपत्ता भएको आफ्नो एफ –३५ लडाकू विमान खोज्न जनतासँग सहयोग मागेको छ ।

यो विमान आइतबार देशको दक्षिणी राज्य साउथ क्यारोलिनामा उडेको थियो। त्यस क्रममा आपतकालीन अवस्था देखेर पाइलटले आफूलाई विमानबाट ‘इजेक्ट’ गरे र प्यारासुटको सहायताले सकुशल जमिनमा अवतरण गरेका थिए ।

पाइलटको नाम नखुलेपनि अस्पतालमा उनको अवस्था स्थिर रहेको बताइएको छ । आइतबार के भयो थाहा छैन। तर, विमान ‘दुर्घटना’ भएको बताइएको छ ।

सैन्य अधिकारीहरूका अनुसार यस विमानको अन्तिम स्थान चार्ल्सटन शहर नजिकै अवस्थित दुई ताल (मोल्ट्री र मेरियन) वरपर फेला परेको थियो। त्यसैले विमानको वरिपरि खोजी भइरहेको छ ।

सेनाको संयुक्त आधार चार्ल्सटनले ट्विटरमा लेख्यो, “इमर्जेन्सी रेस्पोन्स टीम अझै पनि एफ-३५ को स्थान पत्ता लगाउन प्रयास गरिरहेको छ। सेना र निजामती प्रशासनलाई सहयोग गर्न जनतालाई अनुरोध छ ।”

एफ-३५ लकहिड मार्टिन द्वारा निर्मित हो। एउटा विमानको मूल्य करिब ८ करोड डलर पर्ने बताइएको छ । यो संसारको सबैभन्दा आधुनिक लडाकु विमान मध्ये एक मानिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖