• Monday 5th of October 2026

मोटरसाइकल चढेर पैदलयात्रीको सिक्री थुत्ने २ जना पक्राउ, खरिद गर्ने पनि प्रहरी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौं । एक साताअघि काठमाडौंको कुलेश्वरमा पैदल यात्रीको सिक्री लुटेको आरोपमा २ जना पक्राउ परेका छन् । उनीहरुले लुटेको सिक्री खरिद गरेको आरोपमा अन्य २ जना पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौंको बागबजारका ४४ वर्षीय सुरज गुरुङ र वीरगञ्जको पर्साका ४८ वर्षीय अनवर हुसेन अन्सारीले भदौ २५ गते साँझको समयमा हिँडिरहेकी एक महिलाको घाँटीमा लगाएको सिक्री थुतेर भागेका थिए ।

सुरजले मोटरसाइकल चलाएको र पछाडि बसेर अन्सारीले थुतेको आरोप प्रहरीको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारत घर भएका ४७ वर्षीय शक्ति भौमिक र ३० वर्षीय सचिन गाड्वेलाई पनि पक्रउ गरेको छ। उनिहरुले सुन खरिद गरेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖