• Sunday 4th of October 2026

शाहरुखले बनाए कीर्तिमान, एक वर्षमै कमाए एक हजार करोड


  • धनकुटा खबर
  • .

मुम्बइ । अभिनेता शाहरुख खान एक वर्षमा एक हजार करोड कमाउने पहिलो बलिउड स्टार बनेका छन्।

चार वर्ष लामो ब्रेकपछि ‘पठान’बाट कमब्याक भएका खानको पुनरामगनले भारतीय बक्स अफिसमा इतिहास रचेको छ। ‘पठान’ र ‘जवान’को सफलताले उनी एक वर्षमा एक हजार २३ करोड भारु कमाउन सफल भएका हुन् ।

‘पठान’ले रिलिज भएलगत्तैबाट बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो। हालै रिलिज भएको ‘जवान’ले पनि बक्स अफिसमा तहल्का मच्चाइरहेको छ।

शाहरुख, नयनतारा र विजय सेतुपति अभिनित ‘जवान’ले हालसम्म भारतीय बक्स अफिसमा ४४२.७३ करोड भारु कमाएको छ भने विश्वभर ७०० करोड भारुभन्दा बढीको व्यापार गरिसकेको छ। ‘जवान’ ले अझै पनि राम्रो व्यापार गरिरहेको छ।

एक वर्षमै हजार करोड भारुभन्दा बढी कलेक्सन गरेका शाहरुखको पठान’ले ५४३ करोड भारु कमाएको थियो। सन् २०१९ मा चारवटा फिल्म रिलिजसँगै अभिनेता अक्षय कुमारले बक्स अफिसमा ७५७ करोड भारु कमाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖