• Sunday 4th of October 2026

परिणीति चोपडा र राघव चड्ढाको बिहे उदयपुरको लीला दरबारमा


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री परिणीति चोपडा र सांसद राघव चड्ढाको बिहे नजिकिएको छ। यही सेप्टेम्बर २४ मा उनीहरूको बिहे उदयपुरको द लीला प्यालेसमा हुँदैछ।

भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार उनीहरूको बिहे समारोह सुरू भइसकेको छ। मंगलबार उनीहरूको मेहेन्दी समारोह राखिएको थियो।
उदयपुरमा बिहे भएपछि उनीहरूले चन्डीगढमा रिसेप्सन पार्टी राखेका छन्। उनीहरूको रिसेप्सन पार्टीमा अभिनेता अक्षय कुमार, आलिया भट्ट, प्रियंका चोपडालगायत सहभागी हुनेछन्।

परिणीति र राघवले वैशाखमा इन्गेजमेन्ट गरेका थिए। इग्ल्यान्डमा पढ्दा उनीहरूबीच चिनजान भएको थियो।

परिणीतिले द युनिभसिटी अफ म्यानचेस्टरमा पढेकी हुन् भने राघवले लण्डन स्कूल अफ इकोनोमिक्समा पढेका हुन्।

आम आदमी पार्टीका सांसद राघव पेशाले चार्टेड अकाउन्टेन्ड हुन्। गतवर्ष पञ्जाव सरकारले उनलाई सल्लाहकार बनाएको थियो। अन्य क्षेत्रमा काम गर्ने भन्दै विपक्षी दलले उनको आलोचनासमेत गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖