निजगढबाट काठमाडौं आउँदै गरेको टाटासुमो बारामा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
ना१ज ३८४७ नम्बरको टाटा सुमो बुधबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंजमा दुर्घटनामा परेको हो ।
चालकले ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको बताएको प्रहरीले जनाएको छ । गाडी चालक निजगढ नगरपालिका-९ बस्ने ३७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले पक्राउ परेको छ ।
घाइतेहरु सबै खतरा मुक्त छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
