• Monday 5th of October 2026

सर्पले डसेर ६५ वर्षीया वृद्धाको मृत्यु


  • धनकुटा खबर
  • .

सिन्धुवी । सिन्धुलीमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ ।

दुधौली नगरपालिका-६ हर्षाहीका ६५ वर्षीया जानुकी माझीको बुधबार दुधौली सर्पदंश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालका अनुसार सर्पले डसेपछि जानुकीलाई उनकी बुहारीले अस्पताल पुर्‍याएकी थिइन्।

अस्पताल पुर्‍याइएको केहीबेरमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

डिएसपी दाहालका अनुसार उनको दाया हातको साइली औँलामा सर्पले डसेको थियो। मृतक जानुकीको शव उनका आफन्तले बुझिसकेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖