नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् । इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन उनी असोज ७ गते भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ । १३ औं संस्करणको उक्त कन्फ्रेन्स असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।
