• Monday 5th of October 2026

यसरी शिक्षकहरुले फालेको फोहोर महानगर प्रहरीले सफा गरे


  • धनकुटा खबर
  • .

सरकारले ल्याएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनका उत्रिएका शिक्षकहरूले बाटोमा फालेका फोहोर महानगर प्रहरी बलले सफा गरेको छ।

सङ्घीय राजधानी काठमाडौँमा बुधवारदेखि आन्दोलनमा उत्रेका शिक्षकहरूले बाटोमा फालेका फोहोरहरु काठमाडौं महानगर प्रहरी बलले सफा गरेको हो।

बाटोमा फालिएका पानीको बोतल लगायतको फोहोरहरु महानगर प्रहरी बलले सफा गरेको हो। त्यस्तै गरी शिक्षकहरूको आन्दोलनका क्रममा विभिन्न ठाउँमा रोपिएका फुलहरू उखेलिएको र भाँचिएको महानगर प्रहरी बलले जनाएको छ।

केही समय अघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आन्दोलनको क्रममा बानेश्वरस्थित पार्कको दुबो नष्ट भएपछि सामाजिक संजाल मार्फत एक कविता लेख्दै खेद प्रकट गरेका थिए।

प्रमुख साहले सामाजिक सञ्जालमा दुबो नष्ट भएको तस्बिर राख्दै महाकवि देवकोटाको नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ, नच्यात्नु फुल नानी हो, दया र धर्म भाग्दछ भन्ने कविता लेखेको थिए।
-नागरिक न्यूज

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖