• Sunday 4th of October 2026

के तपाईं पनि ‘टी ब्याग’ राखेर चिया पिउनुहुन्छ ? हुन सक्छन् यस्ता गम्भीर समस्या


  • धनकुटा खबर
  • .

नेपालमा पानी पछि सबैभन्दा बढी चियाको सेवन गरिन्छ । धेरै मानिसको दिन चियाको चुस्कीबाट सुरु हुन्छ । यस्तै, जो मानिसहरू फिटनेस र स्वास्थ्यको विषयमा जागरूक छन्, उनीहरू ग्रिन टी पिउन रुचाउँछन् । आजको समयमा व्यस्त जीवनशैलीका कारण मानिसले केही कुराका लागि पनि पर्याप्त समय पाउँदैनन् । यही कारणले गर्दा सबै थोक बनाउने छोटो तरिका प्रख्यात बन्दै गएको छ । सामान्य रूपमा चिया वा ग्रिन टी बनाउन धेरै समय लाग्छ, यो समय कम गर्न मानिसहरूले टी ब्याग प्रयोग गर्ने गर्छन् । घरदेखि अफिससम्म मानिसहरू ग्रिन टी वा चिया पिउन टी ब्याग प्रयोग गर्छन् । तर टी ब्यागको प्रयोग शरीरका लागि हानिकारक छ भन्ने कुरा धेरैलाई थाहा छैन । यसको सेवनले क्यान्सरजस्ता गम्भीर रोगको खतरा बढ्न सक्छ । आउनुहोस् यसबारे विस्तृतमा जानकारी लिऔँ ।

टी ब्याग प्रयोग गर्नुका हानी
चिया वा ग्रिन टी छिटो तयार गर्ने चक्करमा मानिसहरू टी ब्यागको प्रयोग गर्ने गर्छन् । यसले चिया वा ग्रिन टी तयार गर्न धेरै झन्झट हुँदैन । तौल घटाउनदेखि फिट हुनसम्म मानिसहरू टी ब्यागको प्रयोग गर्छन् । आजको समयमा विभिन्न खालका फ्लेभरको हर्बल टीका टी ब्याग बजारमा उपलब्ध छन् । तर यस्ता टी ब्यागबाट निस्कने हानिकारक तत्त्वले शरीरलाई गम्भीर हानी पुर्याउन सक्छ । टी ब्यागबाट निस्कने तत्त्वले क्यान्सरजस्ता घातक रोगको खतरा पनि निम्त्याउँछ । टी ब्यागको विषयमा गरिएका अनुसन्धानले सो कुरा दाबी गरेको छ ।

भारतको आरोग्य हेल्थ सेन्टरका क्लिनिकल डायटिसियन डा. वी डी त्रिपाठीले यसको हानी बारे जानकारी दिएका छन् । यसबारे उनी भन्छन्, ‘केही कम्पनीले टी ब्याग बनाउन विभिन्न खालका रसायनको प्रयोग गर्छन् । यी रसायनहरू पानीमा घुलिएर शरीरमा पुग्छन् र शरीरलाई हानि पुर्‍याउँछ । टी ब्यागमा एपिक्लोरोहाइड्रिन नामको तत्त्वको कोटिङ गरिन्छ जुन क्यान्सरजस्ता गम्भीर रोगको कारक तत्त्व हुन् ।’

टी ब्यागमा राखिएको चिया वा ग्रिन टी पिउँदा शरीरलाई हानी –

१. टी ब्यागमा पाइने हानिकारक रसायनले शरीरलाई हानि पुर्‍याउन सक्छ । यसले क्यान्सर जस्ता रोगको जोखिम बढाउँछ ।

२. टी ब्यागमा अतिरिक्त क्याफिन हुन्छ, जसले शरीरलाई हानि पुर्‍याउँछ ।

३. यसको अत्यधिक सेवनले रगतमा ग्लुकोज बढाउन सक्छ ।

४. प्लास्टिकको टी ब्यागमा भएको चिया वा ग्रिन टी पिउनाले शरीरलाई गम्भीर हानि पुर्‍याउन सक्छ ।

टी ब्यागको प्रयोग गर्नुको सट्टा तपाईंले पत्ती भएको चिया वा ग्रिन टी मात्र सेवन गर्नुहोस् । छिटो गर्ने चक्करमा मानिसहरू धेरैजसो टी ब्यागको प्रयोग गर्छन् । केही टी ब्याग फुड ग्रेड नाइलनले बनाइन्छ । यी टी ब्यागमा भएका केमिकल्सले शरीरलाई रोगी बनाउन सक्छ त्यसैले सधैँ हर्बल वा सामान्य पत्ती भएका चिया वा ग्रिन टीको मात्रै सेवन गर्नुहोस् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖