• Tuesday 6th of October 2026

१९ वर्षीया युवती मृत फेला


  • धनकुटा खबर
  • .

दार्चुला — बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलमा १९ वर्षीया युवती मृत फेला परेकी छन् । बुदीलकी स्थानीय चन्द्रा विष्ट बिजुलीको पोलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टका अनुसार शुक्रबार दिउँसो १ बजेतिर घरभन्दा डेढ सय मिटरको दूरीमा रहेको विद्युत्‌को पोलमा चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

सनातन धर्म माध्यमिक विद्यालय खोचलेकमा कक्षा १२ मा अध्ययनरत विष्टको मृत्युको कारण भने खुलिनसकेको उनले बताए । घटनास्थलतर्फ प्रहरी खटिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖