• Monday 5th of October 2026

राउटे अगुवाले मुख्यमन्त्रीलाई भने– दशैँमा खसी खानुपर्छ, दुई लाख रुपैयाँ चाहियो


  • धनकुटा खबर
  • .

दशैँ खर्चको जोहो गर्न भन्दै दाङ आएका राउटे समुदाय अगुवाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग दुई लाख रुपैयाँ दशैँ खर्च मागेका छन्।

बिहीबार मुख्यमन्त्री कार्यालयमा पुगेका राउटे समुदायका अगुवा लालबहादुर शाहीसहित बिर्खेबहादुर शाही र जीवन शाहीले मुख्यमन्त्री चौधरीसँग भेटेर आफ्नो समुदायका लागि २ लाख दशैँ खर्च दिन आग्रह गरेका हुन्।

उनीहरूले दशैँमा खसी बलि दिनुपर्ने भएकाले यति रकम आवश्यक पर्ने बताए। ‘दशैँ आइसक्यो, हाम्रो जनताले दशैँमा बलि दिनुपर्छ। खसी खानु पर्छ। सरकारले पैसा दिनु पर्‍यो,’ उनीहरूले मुख्यमन्त्री समक्ष भने, ‘८६ घर जनता छौँ । हामीले लगेर सबै जनतालाई बाँड्छौँ।’ अहिले आफूहरू दैलेखमा बसिरहेको र दशैँ खर्चका लागि दाङ आएको समेत बताए।

यता मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको दशैँ खर्चका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन दिए। उनले २र३ दिनभित्र उचित सहयोग गर्ने बताए ।

उनीहरूले मुख्यमन्त्री चौधरीसँगै अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालसँग पनि भेटेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖