• Sunday 4th of October 2026

मनै हल्लाउने एउटा उत्कृष्ट फिल्म, हेर्नुहोस् युट्युबमा


  • धनकुटा खबर
  • .

गुड फ्राइडे सिनेमा
इरानी फिल्म हेरेपछि धेरैले भनेका छन्, लेखेका छन् — आहा! कस्तो जीवनजस्तै जीवन्त फिल्महरू!

आममान्छेको दैनिक जीवनका मसिना घटनाक्रम जोड्दै व्यावहारिक र दार्शनिक विषयमा घोत्लिन बाध्य पार्नु इरानी फिल्मका विशेषता हुन्। सामान्य घटनाक्रम, थोरै लगानी तर यथार्थपरक र कलात्मक फिल्मका लागि इरानी सिनेमा संसारभरका दर्शकमाझ प्रख्यात छ।
माजिद माजिदी यस्तै प्रख्यात फिल्म बनाउने निर्देशक हुन्। उनका फिल्ममा पनि यस्ता विशेषता भेटिन्छन्।

अझ उनी इरानका मात्र नभई संसारकै उत्कृष्ट निर्देशकमा गनिन्छन्।
उनको फिल्म ‘चिल्ड्रेन्स अफ हेभन’ अस्कर मनोनयनमा परेको थियो। ‘चिल्ड्रेन्स अफ हेभन’ बाहेक ‘कलर अफ पाराडाइज’, ‘बारान’, ‘द सङ अफ स्प्यारोज’ आदि उनका अत्यधिक रूचाइएका फिल्म हुन्।

आज गुड फ्राइडे सिनेमामा हामीले उनको फिल्म ‘द विल्लो ट्री’ सिफारिस गरेका छौं। पर्सियन भाषाको यो फिल्म अंग्रेजी सबटाइटलमा हेर्न सकिन्छ। त्यस्तै हिन्दी भाषामा डब भएको लिंक पनि हामीले यहाँ राखेका छौं।
संवाद नबुझे नै पनि यसका दृश्यहरूले यसको कथा बुझ्न दर्शकलाई हम्मे पर्दैन।

आठ वर्ष उमेरमा आँखाको ज्योति गुमाएका प्रोफेसर युसुफमा आफ्नो भाग्य र भगवानप्रति गुनासो छ। तर संजोग यस्तो जुर्छ, दशकौंपछि उनी फेरि आँखा देख्ने हुन्छन्।
आँखा नदेख्ने मान्छेले संसार देख्न पाउनु कति राम्रो कुरा! धेरैलाई यस्तै लाग्दो हो।

‘द विल्लो ट्री’ हेरेपछि भने यो बुझाइमाथि शंका उब्जिन्छ।
उनलाई बिस्तारै आँखा देख्ने युसुफ मन पर्न छोड्छ।
उनको यो धारणामा आउने परिवर्तनले दर्शकको मन हल्लाउँछ।
हेर्नुहोस् ‘द विल्लो ट्री’, हिन्दीमा डब

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖