• Monday 5th of October 2026

कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला


  • धनकुटा खबर
  • .

विराटनगर । कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ ।

विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

“भर्खरै जन्मेको शिशु अस्पतालको शौचालयमा भेटिएको छ”, उनले जानकारी दिँदै भने,” कसले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।”-आवर विराटनगरबाट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖