• Monday 5th of October 2026

यसरी समातिइन् उखुबारीमा एक वर्षीया छोरीलाई बाँधेर भागेकी आमा


  • धनकुटा खबर
  • .

एक वर्षीया छोरीलाई उखुबारीमा बाँधेर भागेका कञ्चनपुरकी एक महिला पक्राउ परेकी छन्।

पुनर्वास नगरपालिका–२ अमरैयाकी २५ वर्षीय सर्मिलालाई शनिबार प्रहरीले बेलडाँडी गाउँपालिका– ३ वैवाहबाट नियन्त्रणमा लिएको हो।

ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर महिलालाई ईलाका प्रहरी कार्यालय बेलौरी लगिरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले बताए।

बिहीबार बेलुका बेलौरी नगरपालिका–७ सिंहपुुरस्थित उखुबारीभित्र हात बाँधेर एक वर्षीया छोरीलाई छोडी ती महिला भागेकी थिइन्। माइती घरमा बस्दै आएकी उनी घर जान्छु’ भन्दै निस्किएकी थिइन्।

अर्को दिन स्थानीयले बालिकालाई उखुबारीभित्र रोइरहेको अवस्थामा फेला पारेका थिए। स्थानीय र प्रहरीले उद्धार गरेर ती बालिकालाई मावलीतर्फको हजुर आमाको जिम्मा लगाइएको थियो।

नाबालिकालाई उखुबारीमा छोड्ने महिलाको प्रहरीले खोजी गरेको थियो। छोरीलाई उखुबारीमा बाँधेर सम्पर्कविहिन ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनु्सन्धान गरिरहेको छ।-नेपाल खबरबाट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖