• Monday 5th of October 2026

यिनै रहेछन् एक वर्षीया छोरीलाई उखुबारीमा बाँधेर भाग्ने महिला


  • धनकुटा खबर
  • .

काठमाडौ । एक वर्षीया छोरीलाई उखुबारीमा बाँधेर भाग्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अमरैयाकी २५ वर्षीय सर्मिलालाई शनिबार बेलडाँडी गाउँपालिका– ३ वैवाहबाट पक्राउ गरेको हो।
उनलाई ईलाका प्रहरी कार्यालय बेलौरी लगिएको छ।

बिहीबार बेलुका बेलौरी नगरपालिका–७ सिंहपुुरस्थित उखुबारीभित्र हात बाँधेर एक वर्षीया छोरीलाई छोडी सर्मिला भागेकी थिइन्।

माइती घरमा बस्दै आएकी उनी घर जान्छु भन्दै छोरी लिएर निस्किएकी थिइन्।

भोलिपल्ट स्थानीयले बालिकालाई उखुबारीभित्र रोइरहेको अवस्थामा फेला पारेका थिए।

स्थानीय र प्रहरीले उद्धार गरेर ती बालिकालाई मावलीतर्फको हजुरआमाको जिम्मा लगाएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖