• Monday 5th of October 2026

६० बर्षीय बृद्दले पूर्ण अपाङ्गता भएकी बालिकालाई यस्तो गरेपछि


  • धनकुटा खबर
  • .

हेटौँडा । बारामा बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन् ।

बोल्न र हिँड्न समेत नसक्ने ११ वर्षीया बलिकालाई जबरजस्ती गरेको आरोपमा लुम्बालाई पक्राउ गरिएको हो ।

शुक्रबार घरमा कोहि नभएको अवस्थामा बालिकामाथी बलात्कार गरी फरार रहेका वृद्धलाई प्रहरीले आज पक्राउ गरेको हो ।

बालिकाको आमा अपरान्ह ५ बजे घरमा आइपुग्दा छोरी छटपटाईरहेको देखेपछि घटनाको बारे थाहा भएपछि बालिकालाई उपचारको लागि प्रदेश अस्पताल कलैया पठाइएको थियो ।

बालिकाले गरेको शंकेतको आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖