• Monday 5th of October 2026

यसरी गरियो सगरमाथाको फेदीमा बजार अनुगमन, आधा लाखभन्दा बढीको अखाद्य वस्तु जफत


  • धनकुटा खबर
  • .

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट ५४ हजार मूल्य भन्दा बढीको अखाद्य वस्तु जफत गरिएको छ । शुक्रवार सीमा प्रशासन कार्यालय नाम्चेले नाम्चे बजार क्षेत्रमा गरिएको बजार अनुगमनमा ५४ हजार ८ सय ९० रुपैयाँ बराबरको म्याद गुज्रिएका वस्तुहरु जफत गरी नष्ट गरिएको हो ।

कार्यालय प्रमुख सुजना कुमारी बर्देवाको संयोजकत्वमा भएको संयुक्त बजार अनुमनमा बजार क्षेत्रको नापतौल गर्ने ढक तराजु र मूल्य सूचीसमेतको अनुगमन गर्दा बिक्रीमा राखिएका तर म्याद गुज्रिएका प्याकेटका वस्तुहरु जफत गरिएको सीमा प्रशासन कार्यालय नाम्चले जनाएको छ ।

अनुगमनमा इलाका प्रहरी कार्यालय नाम्चेका प्रमुख प्रहरी निरीक्षक कविन राई, स्थानीय जनप्रतिनिधि, खुम्बु क्षेत्र कर्मचारी मिलन केन्द्र, खुम्बु व्यापार संघ, नाम्चे युवा समूह, नाम्चे महिला समूह, नाम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, नाम्चे होटल व्यवसायी सङघ, खुम्बु सामुदायिक सेवा केन्द्र, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

सगमारथामा क्षेत्रको नाम्चे बजारमा स्वदेशी तथा विदेशी पर्यटकहरुको बढ्दो क्रम साथै चाडपर्व नजिकिएसँगै कालो बजारी, महँगी तथा जनस्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गरी बजार अनुगमनमा कडाइ गरिएको सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजना कुमारी बर्देवाले जानकारी दिनुभयो ।-सुवास दर्नाल/उज्यालो

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖