• Monday 5th of October 2026

बिहान उठ्ने बित्तिकै खाली पेटमा खाँदा नराम्रो असर पर्ने खानाहरु के हुन् त जानौ ?


  • धनकुटा खबर
  • .

बिहान उठ्ने बित्तिकै जे खानेकुरा देख्छौं त्यो खानु भनेको सबैभन्दा ठूलो स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यसले मानिसको पाचन प्रणालीमा नराम्रो असर पार्ने सम्भावना धेरै हुन्छ। खानेकुराको व्यवस्थापन मिलाउन सकिएन भने एसिडिटी, ग्यास र चिसो जस्तो समस्या देखा पर्नसक्छ। यस्तो समस्याले दिनभरी मानिसको दिमागमा नराम्रो असर पार्छ र दिन बिताउन सकस हुने जस्ता समस्याले मानसिक तनाव निम्त्याउँछ।

खाली पेटमा खाँदा नराम्रो असर पर्ने खानाहरु के हुन् त जानौ ?

बिहान उठ्ने बित्तिकै खाली पेटमा कफि पिउँदा स्वास्थ्यमा नराम्रो असर पर्छ। पेट पोल्ने र ग्यास भरिनेजस्ता समस्याले दिनभरी सताउन सक्छ। बिहान खाली पेटमा कफि पिउने धेरै व्यक्तिको नियमित बानी हुनसक्छ। एकपटक कफि पिउने बानी लाग्यो भने छोड्न निकै गाह्रो पर्छ। एसिडिटी, ग्यास्ट्रिक, छातीमा जलन हुने र पाचनशक्ति कमजोर हुने जस्ता समस्याले बिकराल रुप लिन समय लाग्दैन्।

कफिले हाइड्रोएसिड मात्रा बढाएर ग्यास्ट्रिक बढाउने काम गर्छ। बिहान उठ्ने बित्तिकै खाली पेटमा कफि पिउने बानी सकेसम्म छिटो हटाउँदा स्वस्थ रहन सकिन्छ। कफिको सट्टा मन तातो पानी र व्यायाममा ध्यान दिन सकिन्छ।

२ परौठा

खाली पेटमा परौठा वा तेलमा तारेको खानेकुरा खानुभन्दा स्वास्थ्यलाई नराम्रो अरु केही नहोला। एसिडिटी र चिल्लो पदार्थको मात्रा शरीरमा धेरै हुनाले मोटोपना पछि अल्छिपना जस्ता समस्याले सताउन सक्छ।

३ केरा

नेपालीहरुमा एक नराम्रो बानीको विकास भएको छ। खाली पेटमा फलफूल खाँदा स्वस्थ र राम्रो देख्न सकिन्छ भन्ने बुझाई छ। बिहान खाली पेटमा केरा खानाले मुटुमा असर पर्छ।

केरामा म्याग्नेसियम र पोटासियम अधिक मात्रामा पाइन्छ। र ब्याक्टेरिया सक्रिय भइ स्वत असर मुटुमा पर्छ। खाली पेटमा तीनवटा केरा खाएमा दिनभरी मुटु दुख्ने समस्याले सताउन सक्छ।

हामी सोच्छौं चिसोको कारणले मुटु दुख्यो तर मुटु दुख्नु केराको कारण ब्याक्टेरिया बढेको हो।

४ टमाटर

टमाटर हेर्दा स्वादिष्ट र मन नपराउने व्यक्ति पनि कमै होलान् तर टमाटरले अल्सर गराउन सक्छ। टमाटरमा टनिक एसिडको मात्रा धेरै हुन्छ। काँचो सब्जी खाली पेटले पचाउन सक्दैन्। टमाटर र काक्रोलाई पोषक तत्व मानेर काँचो खाने चलन सामान्य हो तर यसले ग्यास्ट्रिक र अल्सर हुने सम्भावना धेरै हुन्छ।

बिहान उठ्ने बित्तिकै मन तातो पानी पिउँदा दिनभरी पेटलाई आराम मिल्दछ । मन तातो नभए राती छोपेर राखेको पानी बिहान पिउन सकिन्छ। त्यसपछि अन्य खानेकुराहरु खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖