• Tuesday 6th of October 2026

भिरबाट ढुंगा खस्दा पाँच दिनकी सुत्केरी आमा र बच्चा घाइते


  • धनकुटा खबर
  • .

बाजुरा। बाजुरामा भिरबाट ढुंगा खस्दा पाँच दिनकी सुत्केरी आमा बच्चा घाईते भएका छन्। बाजुराको बडिमालिका नगरपालिका २ भौनेरा नजिकै भिरबाट खसेको ढुंगा लागेर खप्तड छेडेदह गाउँपालिका ६ की २४ बर्षिया सारदा सार्की र उनकी ५ दिने छोरी घाईते भएको प्रहरीले जनाएको छ।

पाँच दिने सुत्केरी महिला छोरी विरामी भएपछि शुक्रबार सुदाडाबाट जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आउदै गर्दा ढुंगा लागेर घाईते भएको बडिमालिका नगरपालिका नगरप्रमुख अमर खड्काले बताए । बडिमालिका नगरपालिकाका वडा सदस्य धना विष्टले ढुंगा लागेर घाइते भएको खवर जानकारी गराएपछि उद्धार गरेर जिल्ला अस्पतालमा उपचार गरिएको र अवस्था गम्भीर भएकाले शुक्रबार राति नै एम्बुलेन्स मार्फत धनगढी रिफर गरिएको हो।

धनगढीसम्म जिल्ला अस्पताल बाजुरा खप्तड छेडेदह गाउँपालिका र बडिमालिकाका नगरपालिकाले पहलमा उद्धार गरिएको छ । घाईते महिलाको टाउको र शरिरमा चोट लागेको अस्पतालले जानकारी दिएको छ। उनका श्रीमान जेठोछोराको उपचारको लागि भारतमा छन्। ५ दिनकी सुत्केरी महिला गाउले सासुनाता पर्ने महिलाको साहारामा छोरीको उपचारका लागि जिल्ला अस्पताल बाजुरामा जाँदै थिइन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖