• Tuesday 6th of October 2026

वडाध्यक्ष चौधरी पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन् ।

झाडी सफाइका नाममा अवैध तरिकाले रुख काटेको आरोपमा बेलौरी नगरपालिका ६ का वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन । उनलाई भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोप लागेको हो ।

वडाध्यक्ष चौधरीलाई आइतबार महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरेर वनको हिरासतमा राखिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कँडेलले बताए । चौधरी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖