• Tuesday 6th of October 2026

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते


  • धनकुटा खबर
  • .

सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन्।

रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो। जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ।

मृतक दुबै जना पुरुष हुन। उनीहरूको सनाखत हुन बाँकी रहेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले सेतोपाटीलाई बताए ।

दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका – २ का ३५ वर्षीय नारायण डाँगी गम्भीर घाइते छन्। उनलाई कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

घटना कतिखेरको हो भन्ने यकिन नभए तर बिहान सवा ६ बजेतिर प्रहरीलाई सूचना आएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। -नारायण खड्का/सेतोपाटी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖