• Tuesday 6th of October 2026

बसबाट चिनी र साडी बरामद


  • धनकुटा खबर
  • .

वीरगञ्ज । मकवानपुरबाट प्रहरीले ठूलो मात्रामा चिनी र साडी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार दिउँसो वीरगञ्जबाट हेटौँडा तर्फ जाँदै गरेको ना. ६ ख १२६२ नम्बरको यात्रुवाहक बसबाट ठूलो मात्रामा चिनी र साडी बरामद गरेको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका – १५ रातोमाटेबाट बिहीबार दिउँसो प्रहरीले बसको पछाडिको डिक्किमा लुकाई छिपाई राखेको अवस्थामा भन्सार छली गरेर ल्याएको ५० केजी दरको ७ बोरा चिनी र ९० थान साडी बरामद गरेको थियो ।

चिनी र साडीको बजार मूल्य एक लाख २१ हजार ५०० रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖