• Tuesday 6th of October 2026

एक वृद्धद्वारा श्रीमती र नातिनीको हत्या प्रयास


  • धनकुटा खबर
  • .

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिमा एक वृद्धले श्रीमती र नातिनीको हत्या प्रयास गरेका छन् ।

तामाकोशी गाउँपालिका–२ झुलेको ७२ वर्षीय मोहनबहादुर कार्कीले आफ्नै श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

घरायसी विवादमा गए राति १० बजे तिर कार्कीले ६८ वर्षकी श्रीमती तारादेवी कार्की र आठ वर्षीय नातिनी सुहाना कार्कीलाई खुकुरी प्रहार गरेका थिए ।

घटनाको बारेमा सूचना पाएपछि छाैँडे प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घाइते दुवै जनाको उद्धार गरी उपचारका लागि चरिकोट पठाएको थियो । घटनामा संलग्न कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेहरूको च्छोरोल्पा जनरल अस्पताल चरिकोटमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖