• Tuesday 6th of October 2026

अविरल वर्षाका कारण जलमग्न सेती अस्पताल


  • धनकुटा खबर
  • .

धनगढी, असोज ८ । वर्षापछि सेती प्रादेशिक अस्पतालसहित धनगढीका क्षेत्र जलमग्न भएका छन्।

गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन्।

अस्पतालको प्रसूति बार्ड, अप्रेसन बार्ड लगायतमा पानी भरिएको छ। वार्डहरुमा वर्षाको पानी पसेपछि बिरामीहरुलाई सास्ती भएको हो। त्यस्तै सडक निर्माणको कार्य भइरहेको मुख्य सडकमा पानी निकास नहुँदा हिलाम्य हुनुका साथै जलमग्न भएका छन्।

जसका कारण आवातजावातमा समस्या भएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖