• Tuesday 6th of October 2026

२८ वर्षीया महिलालाई १३ वर्षका किशोरले बलात्कार गरेर भाग्दै गर्दा समातिए


  • धनकुटा खबर
  • .

धनगढी । बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालकलाई पक्राउ गरिएको छ ।

जिल्लाकाे छबिसपाथिभेरा गाउँपालिका बस्ने महिलालाई आइतबार दिउँसो जबरजस्ती करणी गरेर फरार भएका सोही ठाउँका नाबालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी गरि फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको प्रहरी हवल्दार बिरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले साँझतिर बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको हाे ।

बुबाको निधन भइसकेको र आमा आइतबार नै डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको खुल्न आएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖