• Tuesday 6th of October 2026

घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु


  • धनकुटा खबर
  • .

दमौली । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा आज पोखरामा मृत्यु भएको हो । तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात् पोखरा पठाइएको थियो ।

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖