• Tuesday 6th of October 2026

काठमाण्डौबाट सुर्खेतका लागि छुटेको बस दाङमा दुर्घटना, २५ जना घाइते


  • धनकुटा खबर
  • .

दाङ – काठमाण्डाैबाट सुर्खेतका लागि छुटेकाे रात्रिबस दाङमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२-००१ ख ०३६२ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्गको लमही नगरपालिका-९ शिवखोलामा दुर्घटनामा परेकाे हाे ।

घाइते भएकाहरुकाे उद्धार गरेर उपचारका लागि अस्पतालमा पठाउने काम भइरहेकाे प्रहरीले जनाएकाे छ । गम्भीर घाइते भएकाहरुलाई भने लमही अस्पताल पठाइएकाे छ ।

दुर्घटनाकाे कारण खुल्न बाँकी रहेकाे छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖