• Sunday 4th of October 2026

नुहाउँदै पिसाब फिर्ने बानी छ ? सावधान, स्वास्थ्यमा पर्ने सक्छ गम्भीर असर !


  • धनकुटा खबर
  • .

हामीमध्ये कतिपय मानिसमा विभिन्न खालका खराब बानी व्यहोराहरू हुन्छन् । कतिपय मानिसह रू यस्ता आनीबानी छिटै सुधार्छन् । तर कतिपयले भने त्यस्ता बानीव्यहोराले आफूलाई ठूलै असर नपार्दासम्म छाड्दैनन् ।

केही मानिसहरूमा स्वीमिङ पुल वा खोलामा पौडी खेलिरहेको बेला पिसाब फेर्ने बानी हुन्छ । यस्तो बानी निकै अस्वस्थ तथा खराब हो तथापि मानिसहरूमा लागेको बानी छुटाउन गाह्रो पर्दछ ।

स्वीमिङ पुलमा पिसाब फेर्ने मानिस पक्रिनका लागि आजकल कतिपय स्वीमिङ पुलमा त्यस्तो केमिकल राखिएको हुन्छ जसले पिसाब फेर्दा बित्तिकै जानकारी दिन्छ।

स्वीमिङ पुलमा पिसाब फेर्नेजस्तै अर्को खराब बानी हो नुहाइरहेको बेला पिसाब फेर्ने । तपाईंलाई लाग्दा नुहाउँदा पिसाब फेर्नुमा के गलत छ ? यदि तपाईंले पनि नुहाउँदा पिसाब फेर्नुहुन्छ वा नुहाइरहँदा पिसाब फेर्नु गलत होइन भन्ने सोच्नुहुन्छ भने सायद यो खबर तपाईंका लागि निकै उपयोगी हुनसक्दछ ।

एलिसिया नामकी एकजना डाक्टरले आफ्नो टिकटकमा एक भिडियो राख्दै महिलाहरूले नुहाउने बेलामा किन पिसाब फेर्नु हुँदैन भन्ने बताएकी छिन् ।उनका अनुसार महिलाहरूले बगिरहेको पानीको तल उभिएर पिसाब गर्नु हुँदैन । त्यसो गर्दा महिलामा विभिन्न स्वास्थ्य समस्या आउन सक्दछन् ।

डाक्टर एलिसियाका अनुसार पिसाब र चलिरहेको पानीको आवाजको बीचको सम्बन्ध तपाईंका लागि भविष्यमा महँगो पर्नेछ । नुहाउने बेला, धारा खोलिरहेको बेला पिसाब फेर्ने बानी

पर्‍यो भने तपाईंलाई भाँडा माझ्नका लागि धारा खोलेको बेलासमेत पिसाब फेर्न मन लाग्नेछ । यसबाट तपाईंलाई पानी चलाउनुपर्ने अन्य विभिन्न काम गर्दासमेत पिसाब लाग्ने समस्याको सिर्जना हुनसक्नेछ ।

फिजिकल थेरापीकी डाक्टरसमेत रहेकी एलिसियाले शेयर गरेको उक्त भिडियो निकै लोकप्रिय बनेको छ । अहिलेसम्म यो भिडियो लाखौं पटक हेरिसकिएको छ ।एकजना महिलाले आफ्नो अनुभव शेयर गर्दै लेखेकी छिन्- मलाई बल्ल थाहा भयो कि बिरुवामा पानी हालिरहेको बेला किन मलाई ट्वाइलेट जान मन लाग्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖