काठमाडौ । पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सक कुटिएको घट्नालाइ लिएर माओवादी निकट डाक्टर दीपक प्रसाद कोइरालाले केन्द्रीय स्वास्थ्य बिभाग सदस्यबाट राजिनामा दिएका छन ।
डाक्टर कोइरालाले आप्mनै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदा उपचार गर्ने चिकित्सकले पिटाई खाँदा प्रहरीले उल्टो गुण्डागर्दी गर्नेलाई जोगाएर डाक्टरमाथि लाठीचार्ज गर्ने कार्यले कानूनी राज्यको उपहास गरेको आपूmलाई सह्यै नभएकाले माओवादी पार्टीको कुनै पनि जिम्मेवारीमा बस्न उचित नलागेकाले राजिनामा दिएको उल्लेख गरेका छन ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका स्वास्थ्य विभाग प्रमुखलाइ सम्बोधन गर्दै उनले २०६३ देखी साधारण सदस्य, गण्डकी प्रदेश नेपाल प्रगतिशील चिकित्सक संघको संयोजक हुदै केन्द्रीय स्वास्थ्य विभाग सदस्यको जिम्मेवारी निर्वाह गरेको समेत स्मरण गराउँदै जब, सम्म गैरजमानती हिरासतको कड़ा कानून बन्दैन, तब सम्म आपूm माओवादी पार्टीको साधारण सदस्य, स्वास्थ्य विभाग वा अन्य कुनै निकायमा नरहेको जानकारी गराएका छन ।
डाक्टर कोइरालाले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदा उपचार गर्ने चिकित्सकले पिटाई खाँदा र प्रहरीले उल्टै गुण्डागर्दी गर्नेलाई जोगाएर डाक्टरमाथि लाठीचार्ज गर्दा आपूmलाई माओवादी पार्टीको सदस्य भन्दा पनि आत्मग्लानि महसूस भएको उल्लेख गरेका छन ।
उनले आपूm अन्य राजनैतिक पार्टीमा प्रबेश गर्न माओवादी पार्टीबाट राजिनामा नदिएको समेत उल्लेख गरेका छन ।-शुभेच्छा न्यूज
