• Tuesday 6th of October 2026

समिट एयरको चार्टर्डमार्फत नेपालगञ्ज फर्किए १६ चिकित्सक


  • धनकुटा खबर
  • .

काठमाडौ । राराको ताल्चा विमानस्थलमा रोकिएका १६ जना चिकित्सक समिट एयरकै चार्टर्ड मार्फत नेपालगञ्ज फर्किएका छन्।

मंगलबार बिहान नेपालगञ्ज फर्कन विमानस्थल पुगेका १६ जना चिकित्सकलाई छोडेर पाँच नेता र केही सर्वसाधारण लिएर समिटको जहाज उडेको थियो।

चौतर्फी आलोचनापछि समिटले दिउँसो ३ बजे चार्टर्ड उडान गरेको हो। प्राधिकरणकाअनुसार चार्टर्ड उडानमार्फत बिहान रोकिएका १६ जना चिकित्सकहरू मुगुको ताल्चाबाट नेपालगञ्ज अवतरण गरिसकेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तर्क्रियाका लागि चिकित्सकको टोली गत शुक्रबार जुम्ला गएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖