• Tuesday 6th of October 2026

सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस


  • धनकुटा खबर
  • .

काठमाडौं : झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुको थुनछेक बहस आज सुरु हुने भएको छ।

काठमाडौं जिल्ला अदालतमा हिजो सबै प्रतिवादीको बयान सकिएकाले आजदेखि थुनछेक बहस सुरु हुने अदालतका प्रवक्ता दिपक दाहालले जानकारी दिए।

न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान हिजो सकिएको हो। मैनालीकै इजलासमा प्रतिवादीको थुनछेक बहस शुरू हुनेछ। थुनछेक बहस सकिएपछि थुनामा पठाउने कि धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्ने भन्नेबारे अदालतले आदेश दिनेछ।

सुन प्रकरणमा विदेशी र स्वदेशि गरी २६ जना हिरासतमा छन्। उनीहरुविरुद्ध करिब ३ अर्बभन्दा धेरै बिगो माग दाबी गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖