• Tuesday 6th of October 2026

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश


  • धनकुटा खबर
  • .

काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो। उनलाई साइबर ब्युरोले असार १२ गते पक्राउ गरेको थियो।

प्रसाईंले युट्युबमार्फत सांसद खतिवडाको चरित्रमा आक्षेप लगाउने तथा अपमानजनक टिप्पणी गरेको आरोपमा मुद्दा अघि बढाइएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖