• Tuesday 6th of October 2026

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले) ले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय समेटेर ‘अन्तरपार्टी निर्देशन–३’ (अपानि–३) जारी गरेको छ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै पार्टीभित्र गुटबन्दी, अनुशासनहीनता र नेतृत्वविरुद्ध सार्वजनिक आलोचनामा कडाइ गर्ने निर्णय गरेको छ।

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता मनोनीत गर्ने निर्णयसमेत गरेको छ।

निर्वाचनमा अपेक्षित परिणाम आउन नसक्नुका कारण समीक्षा गर्दै एमालेले युवासँगको कमजोर सम्बन्ध, डिजिटल माध्यममा प्रभावकारी उपस्थिति नहुनु र जनसरोकारका विषयमा पर्याप्त जोड दिन नसक्नुलाई कमजोरीका रूपमा औंल्याएको छ।

पार्टीले ‘रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण’ को नीति अघि सार्दै युवालाई नीति निर्माण र निर्णायक भूमिकामा ल्याउने तथा ‘मिसन पार्टी जागरण’ सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकले सरकारको कार्यशैली, ओली र विष्णु पौडेलको गिरफ्तारी, विपद् व्यवस्थापन, सुकुम्बासी बस्तीमा डोजर, सञ्चार स्वतन्त्रता लगायतका विषयमा सरकारको आलोचना गर्दै २२ वटा समसामयिक प्रस्ताव पारित गरेको छ।

एमालेले अब महँगी, बेरोजगारी, किसानका समस्या र जनजीविकाका मुद्दालाई केन्द्रमा राखेर संसद् र सडकबाट सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖