• Tuesday 6th of October 2026

यसकारण भयो यी नगर प्रहरीका हाकिमको जागिर चैट !


  • धनकुटा खबर
  • .

धनगढी: धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सई कृष्ण मल्लको जागिर चैट भएको छ। स्रोतका अनुसार हिजो नै उनलाई पदबाट हटाइएको हो।

उपमहानगर स्रोतका अनुसार नगर प्रहरीका इन्चार्ज मल्ललाई नगरप्रमुख गोपाल हमालको निर्देशनमा हटाइएको हो।

प्रमुख प्रसाशकिय अधिकृत रामलाल श्रेष्ठले मल्ललाई हिजै बर्खास्त गरेको बुझिएको छ। मेयर हमालले हालै गरेको छड्के अनुगमनका क्रममा उनी ड्युटीमा नभेटिएर घर बसेको पाइएपछि जागिर गएको बताइन्छ।

उनको जागिर खोसिएपछि नगर प्रहरी असई चेतराज जाेशीलाई जिम्मेवारी दिएकाे छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖