• Tuesday 6th of October 2026

पथरिको जङगलमा सडेको अबस्थामा शव फेला , आफन्त पहिचानका लागि सहयोग गरिदिन प्रहरीको अपिल


  • धनकुटा खबर
  • .

पथरी, १० असोज । मोरङको पथरीशनिश्चरे २ मा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा एक पुरुसको बेबारिसेशव फेला परेको छ ।

अनुहार सडिएको अवस्थामा भेटिएको बेबारिसे शव को पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरीकार्यालय पथरिले सहयोगका लागि अपिल गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक ब्रमदेव शाहका मगलबार अनुसार दिउँसो १२ बजेको समयमा उक्त वन क्षेत्रको गोहीखोलामा अन्दाजी ४० वर्षे पहिचान नखुलेको पुरुष मानिसको घोप्टो परेको अवस्थामा शव देखेर स्थानियले प्रहरीलाई जानकारीगराएका थिए ।

प्रहरिका अनुसार मृतकको दाया हातमा ‘ओम मानी पेमे ‘ लेखिएको अन्दाजि बर्ष ३०/३५ बर्ष को जस्तो देखिने उचाई ५ फिट ७ ईन्चभएको, कपडा कालो रङको बक्स पाईन्ट, खैरो रङको भेष्ट, भित्री अन्डरवेव सानो सानो कालो सेतो कोठा देखिने लगाएको हुनाले हुलिया अनुसारको शबको पहिचानका सहयोग गरिदिन प्रहरिले अपिल गरेको छ ।

उनको मृत्युको कारण पत्ता ।शव पोष्ट मार्टमको लागि शव धरान शवगृहमा पठाईएको प्रहरी निरिक्षक शाहले जानकारी दिनुभयो।-पूर्बी प्रेस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖