• Tuesday 6th of October 2026

बेपत्ता महिला मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

चरिकोट । सोमबारदेखि बेपत्ता दोलखा भीमेश्वर नगरपालिकाकी एक महिला मृत अबस्थामा फेला परेकी छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ५ की ४० वर्षीया सिता बसेल हिजोदेखि बेपत्ता थिईन् ।

स्थानीयका अनुसार सितालाई आज मृत अवस्थामा फेला पारिएको छ । खोजी गर्ने क्रममा उनलाई स्थानीयले घर नजिकैको भीर खोँचमा फेला पारेका हुन् ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीको टोली घटनास्थल पुगेर थप अनुसन्धान कार्य अघि बढाएको छ ।-साझाबोली

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖