• Tuesday 6th of October 2026

डान्स बारमा मदिरा खाएर हजारको नक्कली नोट तिरेपछि


  • धनकुटा खबर
  • .

काठमाडौं। डान्स बारमा मदिरा खाएर तिरेको नक्कली नोट पाइएपछि एक युवक समातिएका छन्। सुर्खेत भेरीगंगा नगरपालिका घर भएका २० वर्षीय ह्विल वलिलाई नियन्त्रणमा लिएको हो।

उनको साथबाट प्रहरीले चार थान नक्कली नोट फेला पारेको हो। काठमाडौंको बसपार्क नजिकै एक डान्स बारमा उनले मदिरा पिएपछि हजारको नोट दिएका थिए। त्यसपछि शंका लागेर प्रहरी पुगेपछि उनलाई पक्राउ गरेको थियो।

प्रहरीसँगको बयानमा उनले नोट आफूलाई साथीले सापटी तिर्दा दिएको बताएका छन्।

उनी सुर्खेत काठमाडौं चल्ने गाडीमा सहचालकको काम गर्दै आएका छन्।-बिजमाण्डु

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖