• Tuesday 6th of October 2026

आज इन्द्रजात्रा, सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं । आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

गत मङ्गलवारबाट विधिवत् रूपमा सुरु भएको इन्द्रजात्रा काठमाडौंको वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको हो । विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म इन्द्रजात्रा मनाउने प्रचलन छ ।

जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिएको इन्द्रजात्रा इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने गर्छ । यस जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दश अवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

जसअनुसार आज इन्द्रजात्राको मुख्य दिन परेको हो । यस दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको हो । काठमाडौं महानगरका अनुसार यस वर्ष इन्द्रजात्रा अवलोकन गर्न अमेरिका, चीनसहितका देशबाट विशेष पाहुना आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖